काठमाडौं । सामाजिक सञ्जालमार्फत अभद्र र अमर्यादित अभिव्यक्ति दिएको आरोपमा डा. निकोसल भुसाल (कमल भुसाल)लाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार (कात्तिक १८) दिउँसो उनलाई गोरखा नगरपालिका–८, रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा प्रहरीको सहयोगमा भुसाललाई नियन्त्रणमा लिएको हो ।
गोरखाका प्रहरी प्रमुख एसपी भरत विकका अनुसार पक्राउ परेका भुसालमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ ।










प्रतिक्रिया