Logo

राजनीति

राप्रपामा आन्तरिक विवाद तीव्र, शाहीले लिङदेन–राणालाई गुटबन्दी रोक्न आग्रह


१८ कार्तिक २०८२, मंगलबार  

46
Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशमशेर राणाबीचको विवाद बढ्दै गएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । दुवै नेताबीचको मतभेदका कारण पार्टीमा गुटगत गतिविधि तीव्र बन्दै गएको भन्दै नेता ज्ञानेन्द्र शाहीले तत्काल त्यस प्रकारका भेला र गतिविधि रोक्न आग्रह गरेका छन् ।

शाहीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् लिङदेन र राणालाई सम्बोधन गर्दै गुट–उपगुटका भेला नगर्न आग्रह गरेका हुन् । “राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन होस् वा पार्टी महामन्त्री धवलशमशेर राणा होस्, यसरी गुट–उपगुटका भेला तत्काल बन्द गर्नुहोस्,” शाहीले लेखेका छन् ।

उनका अनुसार वर्तमान अवस्थामा राष्ट्रवादी शक्तिहरू फुट्ने होइन, जुट्ने समय हो । उनले पार्टी नेताहरू मिल्न नसके युवाको भविष्य बर्बाद हुने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  २ : १२ बजे