काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु हुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजदेखि केन्द्रीय समिति बैठक निरन्तर गर्ने निर्णय गरेको हो।
बैठकमा पार्टी महाधिवेशनको कार्यतालिका प्रस्ताव पेस हुने भएको छ। पार्टीभित्रका दुवै धार — संस्थापन र इतर पक्ष — ले आ–आफ्ना प्रस्ताव तयारी गरेका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस मसान्तमा महाधिवेशन गर्ने प्रस्ताव अघि सार्ने तयारी गरेका छन् भने संस्थापन पक्षले आगामी वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने भएको छ।
पार्टी स्रोतका अनुसार दुवै पक्षका प्रस्तावमा कार्यतालिका र औचित्यसम्बन्धी धारणा राखी त्यसबारे छलफल अघि बढाइनेछ। केन्द्रीय समितिको बैठकले अन्ततः महाधिवेशनको मिति टुंग्याउने अपेक्षा गरिएको छ।

                    
                








                    
                    
                    
                    
प्रतिक्रिया