काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि १५६ नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरेको छ। मन्त्रालयले सो प्रयोजनका लागि ६८ करोड ३५ लाख रुपैयाँ थप बजेट उपलब्ध गराउने निर्णय गरेको हो।
गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी र सशस्त्रका धेरै गाडी तोडफोड र आगजनीमा परेपछि नयाँ गाडी खरिदको आवश्यकता देखिएको थियो।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउनदेखि असोज) प्रगति विवरण अनुसार, नेपाल प्रहरीका लागि १०० थान पिकअप र ६ थान प्रिजनर भेइकल खरिदका लागि ४५ करोड ३० लाख रुपैयाँ बजेट उपलब्ध गराइने भएको छ।
त्यसैगरी, सशस्त्र प्रहरीका लागि २० थान पिकअप, २० थान प्रदर्शन नियन्त्रण गाडी, दुई एम्बुलेन्स, तीन डिजास्टर रेस्क्यु म्यान र पाँच ट्रक खरिदका लागि २३ करोड पाँच लाख रुपैयाँ थप बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।










प्रतिक्रिया