Logo

मुख्य समाचार

इप्पानले ऊर्जा मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण


१३ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चार थान टेलिभिजन हस्तान्तरण गरेको छ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि ऊर्जा मन्त्रालयको समन्वयमा सहरी विकास मन्त्रालय, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानो गौचरणसँग भएको सम्झौता अनुसार बिहीबार टेलिभिजन हस्तान्तरण गरिएको हो।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा इप्पानका उपाध्यक्ष भरत खत्री र महासचिव बलराम खतिवडाले मन्त्रालयका सह–सचिव रुद्रसिंह तामाङलाई टेलिभिजन हस्तान्तरण गरे।

टेलिभिजन ग्रहण गर्दै सह–सचिव तामाङले सहयोगका लागि इप्पानप्रति धन्यवाद व्यक्त गरे। उनले मन्त्रालयका बैठक तथा प्रस्तुतीकरण कार्यमा सहजता ल्याउन यस सहयोगले योगदान पुर्‍याउने बताए।

महासचिव खतिवडाले ऊर्जा मन्त्रालय निजी क्षेत्रका लगानीकर्ताहरूका लागि सहजीकरण गर्ने माध्यम भएकाले मन्त्रालयको अनुरोधअनुसार सहयोग प्रदान गरिएको स्पष्ट पारे।

इप्पानका अनुसार हस्तान्तरण गरिएका टेलिभिजनहरू मन्त्रालयको बैठक कक्षसहित अन्य स्थानमा जडान गरिने छन्। साथै, इप्पानले सहरी विकास मन्त्रालयसँगको समन्वयमा जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गृह मन्त्रालयमा पनि रङ्गरोहन कार्य अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ३ : ५० बजे