Logo

Breaking News 1

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो


१३ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार  भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ११ : ३५ बजे