Logo

धर्म / संस्कृति

आजको राशिफल


१० कार्तिक २०८२, सोमबार  

92
Shares

मेष राशि
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।

बृष राशि
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला।

मिथुन राशि
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइनेछ। आम्दानी बढाउने काम थालनी हुनेछ।

कर्कट राशि
श्रम परे पनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थोपार्जनका काममा समय बित्नेछ।

सिंह राशि
सहपाठीहरूसँग भेटघाट हुनेछ। अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिभाको प्रशंसा हुनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। कृषि तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।

कन्या राशि
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले भने काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि केही समस्या सुल्झनेछन्।

तुला राशि
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

बृश्चिक राशि
आयस्रोत बढ्नुका साथै मान(सम्मान प्राप्त हुने समय छ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुने सम्भावना छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउन सकिनेछ।

धनु राशि
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मकर राशि
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ।

कुम्भ राशि
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारतर्फ थप लगानी आवश्यक पर्न सक्छ।

मीन राशि
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ६ : ०२ बजे