Logo

समाचार

स्वयम्भूमा स्रोत नखुलेको ७० लाख रुपैयाँसहित दुई जना पक्राउ


७ कार्तिक २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । काठमाडौंको स्वयम्भूबाट स्रोत नखुलेको झन्डै ७० लाख रुपैयाँसहित एक नेपाली र एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा चीनका ३८ वर्षीय जियाओ याङ र धादिङको नीलकण्ठ नगरपालिका–बस्ने २२ वर्षीया रोजिना सुनार छन्।

प्रहरीले उनीहरूलाई स्वयम्भूस्थित भाडामा लिएको कोठाबाट ६९ लाख ८५ हजार रुपैयाँ नगद तथा केही सुनका गहनासहित पक्राउ गरेको हो।

एआइजी कार्कीका अनुसार पक्राउ परेकाहरूको स्रोत नखुलेको रकमबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : ०१ बजे