काठमाडौं । आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा जेनजी युनाइटेडको अगुवाइमा बिहीबार राजधानीमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ। माइतीघर मण्डलामा भेला भएका सहभागीहरूले सहिदप्रति श्रद्धाञ्जलिसहित ‘सहिदको नाममा स्वार्थको खेल नहोस्’ भन्ने नारासहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले ‘रगतले लेखिएको इतिहास अब खेर नजाओस्’, ‘सहिदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। सहभागीहरूले नेपाली झन्डा शरीरमा ओढेर सहिदप्रति सम्मान प्रकट गरेका थिए।
जेनजी युनाइटेडका प्रतिनिधिहरूले जेनजीहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै जेनजी एक नभएसम्म सहिदको आत्माले शान्ति नपाउने बताएका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया