काठमाडौँ । चर्चित बलिउड हास्य अभिनेता गोवर्धन असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी केही दिनदेखि मुम्बईस्थित आरोग्य निधि अस्पतालमा उपचाररत थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि उनको सोमबार दिउँसो निधन भएको हो।
असरानीको अन्तिम संस्कार सोमबार साँझ सान्ताक्रुज पश्चिमस्थित शास्त्री नगर श्मशानघाटमा सम्पन्न गरिएको छ। परिवारका अनुसार उनले आफ्नो अन्तिम क्षण शान्त वातावरणमा बिताउन चाहेका कारण निधनको समाचार ढिलो गरी सार्वजनिक गरिएको हो।
बलिउडमा पाँच दशकभन्दा लामो समय सक्रिय रहेका असरानीले सयौं चलचित्रमा अभिनय गरेका छन्। विशेषगरी उनका हास्य भूमिकाले उनलाई दर्शकमाझ अत्यन्त लोकप्रिय बनाएको थियो।
उनको निधनप्रति बलिउडका कलाकार तथा उनका प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रतिक्रिया