काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित निर्वाचनका विषयमा सात राजनीतिक दलका नेतासँग आज छलफल गर्न लागेकी छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार छलफल आज दिउँसो ४ बजे बालुवाटारमा हुनेछ । प्रधानमन्त्रीले यसका लागि राष्ट्रिय मान्यता प्राप्त सात दल — नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टी — लाई औपचारिक रूपमा आमन्त्रण गरेकी छन् ।
प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधि पठाउन प्रधानमन्त्रीले पत्रमार्फत आग्रह गरेकी छिन् । छलफलमा निर्वाचन तयारी, राजनीतिक सहमति र समसामयिक विषयमा केन्द्रित संवाद हुने बताइएको छ ।
प्रतिक्रिया