काठमाडौं — सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने उच्च स्रोतले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राजनैतिक नियुक्तिका आधारमा परेका राजदूतहरूलाई फिर्ता बोलाउन लागेको हो। फिर्ता बोलाउन लागिएको सूचीमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, र रुसका लागि जंगबहादुर चौहान रहेका छन्।
त्यस्तै मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल, र कतारका लागि रमेशचन्द्र पौडेल पनि फिर्ता बोलाइने तयारीमा छन्।
स्रोतका अनुसार हाल विदेशमा कार्यरत केही अन्य राजदूतहरूको कार्यसम्पादनसमेत पुनरावलोकन हुने संकेत देखिएको छ। मन्त्रिपरिषद्बाट निर्णय भएपछि परराष्ट्र मन्त्रालयमार्फत फिर्ता प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ।
प्रतिक्रिया