बाजुरा । बाजुरामा एक जनाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ का सुर्य थापाका छोरा अन्दाजी २८ बर्षिय खडक थापाले घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
बुधवार विहान थापाले आफ्नै घरको धुरीमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव वहादुर चौधरीले बताए ।
उनका अनुसार,थापाले आत्महत्या गरेको अवस्थामा भेटिएको भन्ने खबर पश्चात् जिल्ला प्रहरी कार्यालयबाट आफू लगायत अन्य प्रहरीको टोली घटनास्थलमा पुग्दा उनले आफै घाँटीमा पासो लगाएर मृत अवस्थामा भेटिएको बताए ।
थापाले गएराती नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थलको मुचुल्का गरि शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल बाजुरामा ल्याई शव गृहमा राखिएको छ । मृतक थापाका आफन्तले जाहेरी लिएर आए पश्चात् शवको पोस्टमार्टम गरिने प्रहरीले बताएको छ ।
प्रतिक्रिया