काठमाडौं — मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार भण्डारीले काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ स्थित फिल्ड बुकमा दर्ता छुट भएका जग्गा एक व्यक्तिको नाममा छुट दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागेका थिए। आयोगको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम भ्रष्टाचारको कसुरमा दुई लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
प्रतिक्रिया