Logo

मुख्य समाचार

गृहमन्त्री अर्यालमाथि एमाले नेता बस्नेतको आरोप : “गाई काट्न पाउनुपर्छ” भनेर रिट दायर गर्ने व्यक्ति भएको दाबी


२८ आश्विन २०८२, मंगलबार  

69
Shares

काठमाडौं – नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाएका छन्। उनले गृहमन्त्री अर्यालले विगतमा “गाई काट्न पाउनुपर्छ” भन्ने विषयमा रिट दायर गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेता बस्नेतले गृहमन्त्री अर्यालको आलोचना गर्दै देशको संस्कृति, धर्म र पहिचान संरक्षणको सवालमा यस्तो मान्छे गृह प्रशासनको नेतृत्वमा हुनु आपत्तिजनक रहेको बताएका छन्।

नेता बस्नेतले लेखेका छन्, “उपत्यकावासी नेवार समुदायको भावना र संस्कृतिसँग जोडिएको कुमारी प्रथा अन्त्य गर्न रिट हालेकी पुण्यदेवी महर्जन अहिले गृहमन्त्रीकी श्रीमती र नेकपा समाजवादीको कानुन विभागकी उपाध्यक्ष हुन्। उनका श्रीमान् ओमप्रकाशजी ‘गाई काट्न पाउनुपर्छ’ भन्ने रिट हाल्ने व्यक्ति हुन्। देशको नीति निर्माण र गृह प्रशासनमा यस्ता मान्छे हुँदा हाम्रो संस्कृति, धर्म र पहिचान सुरक्षित कसरी रहला?”

हालसम्म गृहमन्त्री अर्याल वा उनकी पत्नी पुण्यदेवी महर्जनले यसबारे प्रतिक्रिया दिएका छैनन्।

गाई हिन्दू धर्ममा पवित्र मानिने जनावर हो र नेपालको संविधानमा गाई वधलाई अपराध मानिएको छ। तर, समय-समयमा धार्मिक स्वतन्त्रता र जातीय अधिकारका विषयमा यसबारे बहस उठ्दै आएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : १० बजे