काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरे।
देउवाले भदौ २३ र २४ गतेका घटनामा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। उनले भने, “दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु र घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
उनका अनुसार, तोडफोड, लुटपाट र आगजनीका कारण खरानी बनेको पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नुपर्ने अवस्था आएको छ। भदौ २३ र २४ गतेका घटनाले सबैलाई स्तब्ध बनाएको उनले बताए।
प्रतिक्रिया