काठमाडौं – इजरायली सेनाले इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको मृत्यु पुष्टि गरेको छ।
सेनाले नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डित र जोशीका परिवारलाई भिडियो कन्फ्रेन्समार्फत जोशी जीवित नरहेको जानकारी दिएको हो।
जोशी इजरायलमा कृषि तालिमका लागि गएका थिए। हमलापछि उनी सम्पर्कविहीन भएका थिए।
सरकार र परराष्ट्र मन्त्रालयले जोशीको अवस्थाबारे जानकारी लिन निरन्तर प्रयास गरिरहेको थियो। इजरायली सेनाबाट प्राप्त पछिल्लो जानकारीले उनको मृत्यु पुष्टि भएको हो।
प्रतिक्रिया