काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ।
बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। सो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभा (एजीएम) बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।
यस निर्णयले सेयरधनीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया