Logo

समाचार

बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण


२४ आश्विन २०८२, शुक्रबार  

23
Shares

इलाम । गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन् ।

भीषण वर्षातपछि आएको पहिरोले देउमाईका धेरै बासिन्दाको जनजीवन कष्टकर बनाएको छ । पीडितहरू गाँस, बास र कपासको ठेगान नभएर मारमा परेका छन् ।

देउमाई नगरपालिका मात्रै आठ जनाको निधन भएको थियो । करिब १०० घर क्षति पुगेको छ ।

तर, नगरपालिकाले समयमै राहत वितरण गर्न नसकेको र वितरण गरिएका सीमित राहत पनि मेयरको कार्यकक्षमै बोलाएर सीमित व्यक्तिहरूलाई मात्रै दिएको भन्दै युवाहरू आक्रोशित बनेका हुन् ।

राहत वितरणमा मात्र नभई अन्य विकासका काममा पनि अत्यधिक ढिलासुस्ती भएको भन्दै विरोध स्वरूप देउमाईका स्थानीय युवाले आफैँले खरिद गरेका राहत सामग्रीहरू नगरपालिकाका मेयरलाई नै हस्तान्तरण गरेका छन्।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : ३१ बजे