Logo

मुख्य समाचार

ओलीले संसद् पुनर्स्थापनाको माग गरे, विघटनलाई असंवैधानिक भने


२३ आश्विन २०८२, बिहिबार  

23
Shares

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विघटित संसद् पुनर्स्थापनाको माग गरेका छन् । भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले संसद् विघटनलाई असंवैधानिक, गैरकानुनी र अलोकतान्त्रिक भन्दै तत्काल पुनर्स्थापना गर्नुपर्ने बताए ।

ओलीले देशलाई सही बाटोमा फर्काउन संसद् फिर्ता गर्ने माग लिएर अघि बढ्नुको विकल्प नभएको बताए । “असंवैधानिक ढंगले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्नुपर्छ,” उनले भने, “त्यसबाटै देश सही बाटोमा जान सक्छ।”

उनले नेपाली कांग्रेस पनि संसद् पुनर्स्थापनाको पक्षमा आउने विश्वास व्यक्त गरे । आगामी फागुन २१ गतेसम्म पर्खिनुपर्ने भनाइ अस्वीकार गर्दै उनले भने, “संसद् विघटन असंवैधानिक र गलत छ, त्यसैले फागुन २१ पर्खिनु पर्ने कुनै कारण छैन।”

ओलीले संसद् पुनर्स्थापनालाई राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने कदमका रूपमा व्याख्या गरे ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  २ : १३ बजे