काठमाडौं । धितोपत्र बजार मापन नेप्से परिसूचक शुक्रबार ११.५१ अंकले बढेर २,६६३.५१ बिन्दुमा पुगेको छ। यो वृद्धि ०.४३ प्रतिशत हो।
दसैँ बिदाभन्दा अघिल्लो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ। बिहीबार तीन अर्ब २६ करोड रुपैयाँको कारोबार भए पनि आज दुई अर्ब ९३ करोड रुपैयाँमै सीमित रह्यो।
आज १७० कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको घटेको र १२ कम्पनीको स्थिर रहेको नेप्सेका तथ्यांकमा उल्लेख छ। नेपाल पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक २२ करोड १३ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो।
उद्योगगत समूहतर्फ १३ मध्ये तीन समूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन ०.१५ प्रतिशत, अन्य ०.१४ प्रतिशत र व्यापार समूह १.२८ प्रतिशतले ओरालो लागेका छन्। बाँकी समूहमा वृद्धि देखिएको छ।
प्रतिक्रिया