Logo

समाचार

दशैँ–तिहारमा पनि मानवअधिकार आयोगका कार्यालय खुला रहने



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग (NHRC) का केन्द्रीय तथा प्रदेश कार्यालयहरू दशैँ, तिहार र छठ पर्वको सार्वजनिक बिदामा पनि खुला रहने भएका छन्। मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक घटनामा अनुगमन गर्न आयोगले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा उपलब्ध गराउने जनाएको छ।

आयोगले चाडपर्वको समयमा सार्वजनिक बिदा, महँगी, कालोबजारी र अपराधका घटनामा वृद्धि हुन सक्ने भन्दै शान्ति–सुरक्षा प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ। साथै, सेवा प्रवाहलाई चुस्त र सुरक्षालाई मजबुत बनाउन आयोगले सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ३ : ०१ बजे