Logo

खेलकुद

सानो गौचरण महिला फुटबल रंगशालाको पुनर्निर्माण तीव्र गतिमा



काठमाडौं । नेपाली महिला फुटबलका लागि सानो गौचरण रंगशालाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै महिला फुटबलका लागि लक्षित मैदान तथा मिनिरंगशाला निर्माणको काम धमाधम भइरहेको बताएका हुन् ।

उनका अनुसार काठमाडौं महानगरपालिका–५ को सहजीकरणमा सानो गौचरणमा रहेको रंगशालाको पुनर्निर्माण २०८१ मंसिरमा सुरु भएको हो । १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ लागतमा शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको जिम्मेवारी पाएको छ । महानगरपालिकाले २०८२ चैत मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पुनर्निर्माणपछि रंगशालामा ९६ मिटर लामो र ६२ मिटर चौडा कृत्रिम घाँससहितको खेलमैदान, आकाशे पानी निकास प्रणाली र वरिपरि सिमापर्खाल हुनेछ । त्यस्तै, रंगशाला परिसरमा चार पाङ्ग्रे २८ र दुई पाङ्ग्रे १७८ सवारी अट्ने क्षमताको पार्किङ सुविधा रहनेछ ।

स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ र पुरुषका लागि १६ शौचालय तथा पहिलो तलामा महिलाका लागि ७ र पुरुषका लागि ५ शौचालय रहनेछन् ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : ५५ बजे