Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्‍यो ‘गोल बेस्ड सेभिङ्ग’ योजना


१० आश्विन २०८२, शुक्रबार  

23
Shares

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्यअनुसार रकम बचत गर्न सकिने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ। यस योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य निर्धारण गरी बचत गर्न सक्नेछन्।

बचत अवधि न्यूनतम ६ महिनादेखि अधिकतम २ वर्षसम्म तोक्न सकिनेछ। ग्राहकले आफ्नो लक्ष्य प्राप्त गर्न मासिक कति रकम बचत गर्नुपर्ने, ब्याजदर कति हुन्छ र लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्।

यस योजनामा मासिक रकम प्राथमिक बचत खाताबाट स्वतः जम्मा हुने वा ग्राहकले तोकिएको मितिमा रकम राख्ने विकल्प उपलब्ध छ। थप रूपमा, ग्राहकले इच्छाअनुसार रकम ‘टप अप’ गर्न सक्नेछन्।

बैंकले राउण्डअप सेभिङ्गको सुविधा पनि उपलब्ध गराएको छ। यसमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन विकल्प रहेको छ। नियरेस्ट टुमा नजिकको पूर्ण रकम बचत हुन्छ, फ्ल्याट विकल्पमा निश्चित रकम र प्रतिशत विकल्पमा प्रत्येक कारोबारको निश्चित प्रतिशत रकम बचत हुनेछ।

ग्लोबल आइएमई बैंकले यस योजनामा उच्चतम् ब्याजदर प्रदान गर्ने जनाएको छ। योजना मोबाइल बैंकिङ्ग एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत पूर्ण रूपमा सञ्चालन गर्न सकिन्छ। ग्राहकले चाहनु भए निर्धारित समयअगावै खाता बन्द गर्न पनि सक्नेछन्।

बैंकले मुलुकभर ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ बैदेशिक प्रतिनिधि कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको छ। साथै, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशबाट रेमिट्यान्स सेवा समेत उपलब्ध छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : १९ बजे