काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन्।
पार्टीका एक नेताका अनुसार अधिकारीले शुक्रबार राजीनामा दिएका हुन्। उनले भने, “डा. अधिकारीले आज राजीनामा दिनुभएको हो। उहाँ संस्थापक केन्द्रीय सदस्य हुनुहुन्छ र पदप्रति आशक्ति नभएको व्यक्ति हो।”
अधिकारीले कुनै आरोप नलगाई राजीनामा दिएको स्रोतले जनाएको छ। उनी रास्वपामा समृद्धि र विकासको उद्देश्यले जोडिएका थिए।
जेनजी आन्दोलनपछि रास्वपाका पूर्व सहमहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले समेत राजीनामा दिइसकेका छन्। पार्टी परित्याग गर्नेहरूलाई फर्काउने विषयमा दुईदिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो। केही नेताहरूले कार्यदल बनाएर संवाद गरी फर्काउन पहल गर्नुपर्ने सुझाव दिएका छन्।
प्रतिक्रिया