काठमाडौं । अभिनेता राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ गतेदेखि सार्वजनिक गरिने भएको छ। पुस्तकमा हमालको ३५ वर्ष लामो फिल्म करिअर, उनको अहिलेसम्म सार्वजनिक नभएको व्यक्तिगत जीवन, परिवार, समाजसँगको सम्बन्ध र विविध जीवन अनुभव समेटिएका छन्।
यसअघि हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरण सार्वजनिक गरिएको थियो। पुस्तक दसैंको कोसेलीस्वरूप भदौमै सार्वजनिक गर्ने तयारी गरिएको भए पनि पछिल्लो समय देशको राजनीतिक घटनाक्रमका कारण मिति सारिएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ।
प्रकाशन संस्थाका प्रतिनिधि नीरज भारीका अनुसार, “बहुप्रतीक्षित र महत्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एकको रूपमा यो पुस्तकको सार्वजनिक मिति घोषणा गर्न पाउँदा हामी उत्साहित छौं। पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिने हाम्रो अभिप्राय छ।”
पुस्तक लेखक एवम् पत्रकार यज्ञशको सहकार्यमा तयार पारिएको हो।
प्रतिक्रिया