हेटौंडा । दशैं नजिकिँदै गर्दा मकवानपुरको हेटौंडामा रहेको खसी बजारमा मूल्य आकासिँदै गएको छ भने माग भने विगतका वर्षको तुलनामा कम देखिएको छ । व्यापारीहरूले तोकेको मूल्यभन्दा दोब्बरमा खसी बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ ।
दसैँ सुरु भए पनि हेटौंडा बजारमा खसीबोकाको माग धेरै बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ । मकवानपुरका गाउँगाउँमा तथा हेटौंडा बजार क्षेत्रका बसपार्क, चौकिटोललगायत स्थानमा राखिएका खसीबोकामा पनि पहिलेका जस्ता उत्साहजनक किनबेच हुन सकेको छैन । खसी बोकाको व्यापार गर्दै आएका स्याम यादवका अनुसार चाडपर्व नजिकिँदा पनि सोचे जस्तो कारोबार हुन नसकेको हो ।
व्यवसायीहरूले खसी–बोकाको मूल्य गत वर्षकै हाराहारीमा रहेको बताएका छन् । हेटौंडा बजारका पसलमा खसीको मासु प्रतिकेजी एक हजार रूपैयाँमा बिक्री भइरहेको छ भने दसैंका लागि हेटौंडाबाट काठमाडौं शहरमा खसीबोका पठाइने क्रम पनि चलिरहेको छ ।
मकवानपुरका किसानहरूले दसैंका लागि बिक्रीमा राखिएका खसीबोकाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । मकवानपुरगढीका किसान स्याम तिमल्सिनाका अनुसार माग कम र मूल्य पनि खासै बढ्न नसक्दा बिक्रीमा समस्या भएको छ ।
यससँगै उपभोक्ताहरूले स्थानीय प्रशासनलाई बजार अनुगमन गर्न र मूल्य नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया