Logo

खेलकुद

दोस्रो महिला फुटसल च्याम्पियनसिप कार्तिक १० गते हुँदै, ३२ टिमले सहभागिता जनाउने



काठमाडौ । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा दोस्रो संस्करणको महिला फुटसल च्याम्पियनसिप–२०८२ आगामी कार्तिक १० गते हुने भएको छ ।

गत भाद्र १८ गते गर्ने भनिएको प्रतियोगिता विषेश कारणले आगामी कार्तिक १० गतेको लागि सारिएको आयोजकले जनाएको हो ।

महिला फुटबल र फुटसलप्रति चासो राख्ने खेलाडीहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगितामा नेपालभरका महिला टिमले सहभागिता जनाउन सक्ने छन् ।

सहभागिता जनाउने प्रत्येक टिमले ८ खेलाडी, १ कोच र १ टिम म्यानेजरसहित १० जनाको टिम तयार गर्नु पर्नेछ ।

साथै प्रतियोगितामा १६ वर्षमुनिका खेलाडीले जुनियर र १६ वर्षमाथिका खेलाडीले सिनियर टिमतर्फ सहभागी हुन पाउने अध्यक्ष सगुन थापा मगरले जानकारी दिए । उनको अनुसार यस वर्ष ३२ टिम सहभागी गराउने लक्ष्य राखिएको छ ।

अनुसार सिनियरतर्फ राष्ट्रिय खेलाडी वा ए डिभिजन खेलिसकेका खेलाडीले पनि सहभागी हुन सक्ने अध्यक्ष थापा मगरले जानकारी दिए ।

यस्तो छ पुरस्कार र नगद राशी

सिनियर विजेता टिमः रु. ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र

सिनियर उपविजेता टिमः रु. २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र

सिनियर उत्कृष्ट गोलकिपर÷खेलाडीः जनही रु. २,५००, ट्रफी, मेडल, प्रमाणपत्र

जुनियर विजेता टिमः रु. २०,०००, ट्रफी, मेडल, प्रमाणपत्र

जुनियर उपविजेता टिमः रु. १०,०००, ट्रफी, मेडल, प्रमाणपत्र

जुनियर उत्कृष्ट गोलकिपर÷खेलाडीः जनही रु. १,५००, ट्रफी, मेडल, प्रमाणपत्र

उपाध्यक्ष एलिना मगरको अनुसार दर्ता आवेदन कार्तिक ७ गते शुक्रबार बेलुका ५ बजेभित्र बुझाइसक्नु पर्नेछ ।

उनको अनुसार सिनियरतर्फ ५,५०० रुपैयाँ र जुनियरतर्फ ३,००० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।

प्रतियोगिताको उद्देश्य नयाँ महिला खेलाडीहरूलाई उत्प्रेरित गर्नुका साथै राष्ट्रिय टिमसम्मको यात्रा सहज बनाउने रहेको आयोजकले आयोजकले जनाएको छ । २०८१ मा पहिलो संस्करणमा २० टिम सहभागी भएका थिए भने यसपटक कम्तीमा ३२ टिम सहभागी गराउने लक्ष्य राखिएको आयोजक संस्थाकी जानकारी दिइन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ३ : ०२ बजे