बाजुरा । सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा रहेका छन् ।
४० बर्षिय सर्जनलाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप– प्रमुख कमला कुमारी जैशी न्यौपानेले बताएकी छन् ।
दृष्टिविहीन बुढालाई मङ्गलबार राती गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । टोकेपश्चात उपचारको लागी सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको बताईएको छ ।
चौसाल निवासी स्थानिय कलाकार समेत रहेका सर्जन बुढा गौरीगंगा नगरपालिकाको राजिुरमा बस्दै आएका थिए । उनी अशक्त शरीरका साथै नेत्रहीन थिए ।
प्रतिभाशाली कलाकार, सुरिलो स्वरका धनी दृष्टिविहिन गायक सर्पको टोकाइबाट निधन भएको प्रती त्रिवेणी नगरपालिकाले दुःख व्यक्त गरेको छ । प्रातःस्मरणीय सर्जन बुढा प्रती भावपुर्ण श्राद्धाञ्जली संगै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट समेत गरिएको छ ।
प्रतिक्रिया