काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्रीको दल जनमत पार्टी सरकारबाट बाहिरिएपछि सरकारको औचित्य समाप्त भएको भन्दै कांग्रेसले समर्थन फिर्ता लिएको हो ।
कांग्रेस संसदीय दलका नेता कृष्ण यादवका अनुसार जनमत पार्टीले प्रतिपक्षमा बस्ने घोषणा गरेसँगै कांग्रेसले पनि आजैदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । उनले प्रदेश सभालाई यसबारे जानकारी दिइसकेको बताए ।
कांग्रेसले अब सरकार गठनका लागि नयाँ विकल्पबारे छलफल सुरु गर्ने जनाएको छ । यादवका अनुसार कांग्रेसको पहिलो प्राथमिकता आफ्नै नेतृत्वमा सरकार गठन गर्ने हुनेछ । मधेस प्रदेशमा एमालेसँग २३ सिट र कांग्रेससँग २२ सिट छ । जसपा नेपालका १९ र जनमत पार्टीका १३ सिट छन् ।
जनमत पार्टीले जेनजी आन्दोलन चर्किएपछि मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
प्रतिक्रिया