काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको जिम्मा कारागार प्रशासनकै आग्रहपछि लिएको दाबी गरेको छ। मंगलबार केन्द्रीय समितिको बैठकपछि सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले पटक–पटक फोन गरी सुरक्षा चुनौती भएको बताएपछि पार्टी नेताहरूले सभापतिको जिम्मा लिएको स्पष्ट पारिन्।
उनका अनुसार नक्खु कारागारबाट कार्यवाहक सभापति, स्वकीय सचिव र अन्य नेताहरूलाई फोन आएपछि नजिक रहेका नेताहरू सभापतिलाई लिएर आएका थिए।
रावलले नक्खु कारागारको लेटरहेडमा आएको पत्रबारे जवाफदेहिताको प्रश्न उठाउँदै कारागार प्रशासनले नै त्यसको जिम्मेवारी लिनुपर्ने बताइन्। “राज्यको निकायबाट आएको पत्र हामीले ग्रहण मात्र गरेका हौँ, जवाफदेहिता कारागार प्रशासनकै हो,” उनले भनिन्।
प्रतिक्रिया