काभ्रे – काभ्रेको पनौती नगरपालिका–१२, रोशीमा एक महिलाको हत्या भएको छ। ३० वर्षीया मनीषा तामाङको हत्या उनको श्रीमान् सन्तबहादुर तामाङले गरेको आशंका प्रहरीले जनाएको छ।
वडा अध्यक्ष जयराम केसीका अनुसार मनीषाको शव घर नजिकै खाल्डोमा गाडिएको अवस्थामा फेला परेको हो। प्रहरीको रोहबरमा शव उत्खनन भइरहेको छ। घटनास्थलमा महिलाको चप्पल पनि फेला परेको छ।
सन्तबहादुर तामाङ ‘जेनजी’ आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका व्यक्ति हुन्। उनी चार वर्षअघि जबरजस्ती करणी मुद्दामा कारागारमा पुगेका थिए। हाल उनी फरार रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया