Logo

समाचार

चितवनमा अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा



चितवन — पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार दिउँसोदेखि सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिक शुक्रबार साँझ ६ बजेदेखि खसेको पहिरोका कारण सडक दुवैतर्फ बन्द भएको थियो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाएपछि आइतबार दिउँसो ४:१५ बजेदेखि यातायात सञ्चालनमा आएको हो।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ३२ बजे