Logo

मुख्य समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद्को दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिनको १ः०० बजे समितिको सभाहल सिंहदरबारमा बस्दै छ ।

बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै,राष्ट्रिय सभा अन्तर्गतकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति समितिको बैठकपनि आज बस्दै छ ।

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा समितिको आगामी योजना तथा कार्यक्रम सम्बन्धमा छलफल हुने छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : १७ बजे