Logo

खेलकुद

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै



काठमाडौं ।  एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छ ।

यो खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ।

समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो।

समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो।

समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन्।

आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ९ : ४८ बजे