Logo

अर्थ

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो


३ आश्विन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँमा पुगेको छ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला २ हजार ५८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : ५९ बजे