Logo

खेलकुद

साफ यू–१७ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक



काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध खेल्ने नेपालले बिहीबार सुरुआती–११ सार्वजनिक गरेको छ। प्रशिक्षक सञ्जित सिंहले कप्तान प्रशान्त मोक्तानको नेतृत्वमा टोली घोषणा गरेका हुन्।

फरवार्ड दिगविजय शाही र सुशान्त स्याङताङलाई सुरुआत गर्ने मौका दिइएको छ भने अघिल्लो खेलमा रहेका सुशान्त थापामगर र निसकुमार श्रेष्ठ टोलीबाट बाहिरिएका छन्।

नेपाल लगातार दोस्रो जितको खोजीमा रहनेछ भने बंगलादेश विजयी सुरुआतको लक्ष्यमा रहनेछ। खेल श्रीलंकाको कोलोम्बोस्थित हर्सकोर्स रंगशालामा नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

सुरुआती–११ : रामबहादुर बोहोरा, प्रशान्त मोक्तान, अनमोल कार्की, दिगविजय शाही, राम थामी, प्रतिश थापामगर, समीर कुमार, भुवन कार्की, सुजन स्याङताङ, कृष्ट भण्डारी, निश्चल मगर।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : ३६ बजे