हेटौँडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयमा नेतृत्वस्तरमै ठूलो फेरबदल भएको छ । प्रहरी प्रधान कार्यालयले मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का सहित देशभरका ४८ जना एसपीहरूको एकैपटक सरुवा गरेको हो ।
भदौ ३१ गतेको मितिमा जारी गरिएको सूचनाअनुसार गत वर्ष असोजमा मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खड्काको स्थानमा प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा आउने भएका छन् ।
त्यस्तै, मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालको समेत सरुवा गरिएको छ । उहाँको स्थानमा पुष्कर बोगटी नियुक्त हुने भएका छन् ।
स्थानीय सुरक्षा व्यवस्थामा निरन्तरता र सुधार ल्याउने उद्देश्यसहित गरिएको यो सरुवाले मकवानपुरको सुरक्षा संयन्त्रमा नयाँ नेतृत्व र कार्यशैली आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया