Logo

मुख्य समाचार

सप्तकोशीमा सतह बढ्दा कोशी ब्यारेजका २७ ढोका खुला



धरान । सप्तकोशी नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज बिहान ११ बजे पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि ढोका खोलिएको हो।

मङ्गलबार राति १० बजे पानीको प्रवाह प्रतिसेकेन्ड एक लाख ८२ हजार २८७ क्युसेक पुगेपछि २४ ढोका खोलिएको थियो। गत भदौ १७ गते पानीको बहाव उच्च हुँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो।

पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप ब्यारेजमा रातो बत्ती बालिन्छ। अहिले ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। पहाडी भेगमा भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएको हो।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : २५ बजे