काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ भने अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पनि परेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराईका भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । यस्तै, आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली रहनेछ ।
मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, महाशाखाका अनुसार मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
महाशाखाले भारी वर्षाका कारण पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ । साथै, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया