काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज अपराह्न प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साँझ ४ बजे हुने भेटमा राजदूत श्रीवास्तवले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्ने कार्यक्रम तय भएको छ।
यसअघि आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री कार्कीबीच भिडिओ वार्ता हुने भनिए पनि समय व्यवस्थापन नहुँदा स्थगित भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। राजदूत श्रीवास्तवसँगको भेटपछि दुई देशका प्रधानमन्त्रीबीच हुने भिडिओ सम्मेलनको मिति निश्चित गरिने भएको छ।
प्रतिक्रिया