काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँरले चाडपर्व लक्षित गर्दै सार्वजनिक यातायातहरुले अग्रिम तीन दिनको टिकट बुकिङ सुरु भएको जानकारी दिएका छन् ।
मंगलबार यातायात विभागसँगको छलफलका क्रममा बोल्दै उनले अनिवार्य टिकट हुनुपर्ने र त्यसको लागि अहिले तीन दिनको टिकट बुकिङ सुरु भइसकेको बताएका छन् ।
‘यसपाली छुट्टै अग्रिम खुल्यो भनेर भन्न पर्दैन । त्यसको लागि मिति तोक्नुपर्दैन । अग्रिम सुरु भइसकेको छ । अहिले गएर हेर्नुभयो भने दुईतीन दिनको टिकट दिइरहनु भएको छ । ट्राफिक प्रहरीको सहायक निरीक्षक नमराज अधिकारीसँग गएर कम्तिमा तीन दिनको लागि लिन थाल्यौं पनि भनेका छौं । किनभने कलेज बिदा भइसकेको छ । विद्यार्थीहरु जान सक्छन्,’उनले भने । उनले हवाइ यातायात र सार्वजनिक यातायातमा सरकारीस्तरबाट नै विभेद भएको भन्दै सरकारले गरेका निर्णयहरु लागू हुन नसकेको बताए ।
प्रतिक्रिया