काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी प्रतितोला २० रुपैयाँ बढेर २ हजार ५९५ रुपैयाँमा पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया