काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालले १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) प्राप्त गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.९ प्रतिशतले बढी हो।
गत वर्षको साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
रेमिट्यान्स वृद्धि सँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्यामा पनि वृद्धि देखिएको छ। समीक्षावधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४४ हजार ४६६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ जना थिए।
नेपालको वैदेशिक रोजगारी र रेमिट्यान्समा देखिएको यो वृद्धिले अर्थतन्त्रमा सकारात्मक संकेत दिएको विश्लेषकहरू बताउँछन्।
प्रतिक्रिया