काठमाडौं। ‘जेनजी’ आन्दोलनपश्चात काठमाडौंमा भएको आगजनी र तोडफोडका कारण सिर्जना भएको अव्यवस्था व्यवस्थापन गर्न शिवम् सिमेन्टले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सरसफाइ कार्यक्रम सुरु गरेको छ।
सोमबार कम्पनीले प्रशासन कार्यालयसँग समन्वय गर्दै सरसफाइका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर पनि उपलब्ध गराएको छ।
कम्पनीका अनुसार, वर्तमान परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै आगामी दिनहरूमा पनि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअनुसार समुदाय र सहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “वर्तमान परिस्थितिमा समुदाय र सहरको पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो। काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन हामी निरन्तर प्रयासरत रहनेछौँ।”
प्रतिक्रिया