काठमाडौं ।भदौ २३ गते ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएकाका परिवारले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आठबुँदे माग पेस गरेका छन्।
पीडित परिवारले आइतबार (भदौ २९) प्रधानमन्त्रीलाई बुझाएको मागपत्रमा भदौ २३ लाई ‘जेनजी राष्ट्रिय दिवस’ घोषणा गर्न, आन्दोलनमा मारिएका सबैलाई ‘राष्ट्रिय सहिद’ घोषणा गर्न र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्नुपर्ने माग गरिएको छ।
यस्तै, मृतकका परिवारलाई कम्तीमा ५० लाख रुपैयाँ क्षतिपूर्ति दिनुका साथै सचिव सरह आजीवन पेन्सनको व्यवस्था गर्नुपर्ने, शवयात्रा चक्रपथमा परिक्रमा गरी राष्ट्रिय सम्मानका साथ हस्तान्तरण गर्नुपर्ने र गृहजिल्लामा सैनिक हेलिकोप्टरमार्फत पु¥याइ काजक्रियाका लागि एक लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने माग पनि उठाइएको छ।
मागपत्रमा मृतकका आमाबाबु, श्रीमान–श्रीमती र सन्तानलाई उचित लालनपालन, रोजगारी, स्वास्थ्य, शिक्षा र भत्ता सुनिश्चित गर्नुपर्ने र आन्दोलनमा गोली चलाउने आदेश दिने अधिकारी तथा संलग्न सुरक्षा निकायका जिम्मेवारलाई तत्काल निलम्बन गरी कारबाही गर्नुपर्ने भनिएको छ।
प्रधानमन्त्री कार्कीले सोमबार (भदौ ३०) उक्त मागपत्र आवश्यक कारबाहीका लागि मुख्यसचिवलाई तोक लगाएकी छन्।
प्रतिक्रिया