Logo

समाचार

कुलमान घिसिङ शिक्षण अस्पतालमा, जेन–जी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट



काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर जेन–जी आन्दोलनका घाइते तथा मृतकका परिवारसँग भेट गरेका छन्।

मन्त्री पदको शपथ ग्रहण गरेलगत्तै घिसिङ सीधै शिक्षण अस्पताल पुगेका हुन्। भेटका क्रममा उनले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका र मृतकका परिवारसँग समवेदना प्रकट गरेका छन्।

घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। सञ्चारकर्मीहरूसँग संक्षिप्त टिप्पणी गर्दै उनले देश नयाँ दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : ०५ बजे