Logo

मुख्य समाचार

गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त



काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले आज गृहमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनपछि मन्त्रिपरिषद् विस्तार गर्दै तीन नयाँ मन्त्री नियुक्त गरेकी हुन्। कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कुलमान घिसिङलाई र अर्थ मन्त्रालयमा पूर्वअर्थसचिव रामेश्वर खनाललाई जिम्मेवारी दिएकी छन्।

घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने छन्।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : १४ बजे