भैरहवा, रुपन्देही – भैरहवा र आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाले जनजीवन प्रभावित भएको छ। निरन्तर वर्षासँगै सहरका विभिन्न स्थान डुबानमा परेका छन्।
वडा नम्बर ३ को खजहना, वडा नम्बर ६ को भैया टोल र बैंकरोड क्षेत्रमा सडकमा पानी जम्दा आवतजावत अवरुद्ध भएको छ। स्थानीय बासिन्दाका घर र पसलहरूमा समेत पानी प्रवेश गरेको छ।
डुबानका कारण भीम अस्पताल परिसरमा सेवाग्राही र बिरामीलाई समस्या भएको छ। यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्रमा समेत पानी जम्दा यात्रुहरू प्रभावित भएका छन्।
सडक यातायात पनि अवरुद्ध भएको छ। स्थानीयवासी अजय गुप्ताका अनुसार कुलो साँघुरो बनाइएको र समयमा सरसफाइ नगरेकाले भैरहवामा हरेक वर्ष डुबान समस्या दोहोरिने गरेको छ।
प्रतिक्रिया