Logo

Breaking News 1

सात सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ ।

शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ११ : ०४ बजे